Main News
झापामा पोखरीमा डुबेर ३ जना बालकको मृत्यु
२०७७ साउन ८ गते १९:१७

८ साउन, २०७७ झापा । झापामा पोखरीमा डुबेर ३ जना बालकको मृत्यु भएको छ ।
भद्रपुर नगरपालिका वडा नम्वर २ पृथ्वीनगरस्थित कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माण स्थलमा खनिएको पोखरीमा डुबेर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
भद्रपुर–२ डिगाउँका १० ववर्षीय अङ्कुश तामाङ तथा १४ वर्षीय करण थामी र उनका भाइ १२ वर्षीय अर्जुनको मृत्यु भएको हो ।
घरमा कसैलाई नभनी गएका तीन जना बालक हिजो अबेरसम्म घर नफर्किएपछि आफन्तले खोजी गरेका थिए । खोजी गर्ने क्रममा राती अङ्कुश तामाङको शव पोखरीमा डुबेको अवस्था फेला परेको थियो ।
प्रहरीले थामी दाजुभाइको शव त्यही पोखरीमा आज विहान फेला पारेको हो । पोखरी खन्ने जिम्मा लिएको निर्माण कम्पनीको लापरबाहीले बालकको मृत्यु भएको स्थानीयले आरोप लगाएका छन् ।
प्रतिक्रिया