Political Hightlights
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच साढे दुई घण्टा छलफल
२०७७ साउन ८ गते ८:२२

८ साउन, २०७७ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच हिजो साँझ साढे २ घन्टा लामो छलफल भएको छ ।
दलीय राजनीतिमा राष्ट्रपति सक्रिय रहेको आरोप लागिरहेका बेला राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच सितल निवासमा साढे २ घन्टा भेटवार्ता भएको हो।
हिजो साँझ साढे सात बजे राष्ट्रपति निवास प्रवेश गरेका प्रधानमन्त्री ओली राति दस बजे शीतलनिवासबाट बाहिरिएको बुझिएको छ ।
नेकपाभित्रको राजनीतिमा संकटको सामना गरिरहेका प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई राष्ट्रपतिले काँध थामिरहेको आरोप पार्टीभित्र र बाहिर लाग्ने गरेको छ। तर हिजोको छलफलमा के कुरा भयो भन्ने जानकारी गराइएको छैन ।
प्रतिक्रिया