Political Hightlights

यस्तो छ नेकपा विवाद समाधान गर्ने प्रवक्ता श्रेष्ठको तीन सूत्र

हिमालय टिभी
२०७७ साउन ६ गते १३:३६
यस्तो छ नेकपा विवाद समाधान गर्ने प्रवक्ता श्रेष्ठको तीन सूत्र

६ साउन, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले विवादका समाधानका लागि नयाँ प्रस्ताव अघि सार्नुभएको छ ।

ट्वीटर मार्फत श्रेष्ठले महाधिवेशनको तयारी सहित विवाद समाधानका तीन वटा सुत्र अघि सार्नुभएको हो ।

निकासका लागि पार्टी एकताको रक्षा अहिलेको बटमलाईन भएको र यसको उद्देश्य सार्वभौमिकता एवं अखण्डता, लोकतन्त्रको रक्षा एवं बिस्तार, समाजवादउन्मुख सामाजिक आर्थिक रुपान्तरण भएको श्रेष्ठको मत छ ।

त्यसका लागि पार्टी एकताको रक्षा, यथास्थितिमा गुणात्मक परिवर्तन र महाधिवेशनको तयारी लाई निकासको सुत्र बनाउनुपर्नेमा श्रेष्ठले जोड दिनुभएको छ ।

तर समस्या समाधानका लागि मंसिरमा महाधिवेशन गर्न प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले गरेको प्रस्तावका बारेमा भने श्रेष्ठले कुनै टिप्पणी गर्नुभएको छैन ।

महाधिवेशनको तयारी गर्नुपर्नेमा जोड दिनुभएको हो । नेकपा भित्र पछिल्लो पटक विवाद चर्किँदै गएको छ, तर पटक पटक छलफल भएपनि समाधान हुन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्