Main News

चैतामा बक्राहा नदीले बाँध भत्कायो, ८० उच्च जोखिममा

हिमालय टिभी
२०७७ साउन ६ गते १२:५७
चैतामा बक्राहा नदीले बाँध भत्कायो, ८० उच्च जोखिममा

६ साउन, २०७७, मोरङ । मोरङको सुनवर्षी नगरपालिकाको चैतामा बक्राहा नदीले बाँध भत्काएको छ ।

अविरल वर्षासँगै बक्राह खोलामा आएको बाढीले करिव २० मिटर बाँध भत्काउँदा चार परिवार विस्थापित भएका छन् । यस्तै ८० परिवार उच्च जोखिममा परेका छन् ।

बाँध भत्कीएपछ छुतहरु रिषिदेव, लक्ष्मण रिषिदेव, बरुण रिषिदेव र विशाल रिषिदेवको परिवारलाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ । बक्राहा नदीले १५ फिट चौडाई र ६ फिट अग्लो बाँध भत्काएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहालले जानकारी दिनुभयो ।

नदीले करिव १ सय २० मिटर बाँध कटान गरीरहेकाले तत्काल नदी नियन्त्रण गर्नुपर्ने अवस्था रहेको छ । बक्राहाले थप बाँध भत्काएर खोला गाऊ पस्ने अवस्था रहेकोे स्थानियले बताएका छन् ।

बक्राहा गाउँ पस्ने सम्भावना बढे संगै सुनवर्षी नगरपालिका वडा नम्वर ७ को साविक बरङगाको मुस्लीम टोल, मस्दैया टोल र सुकुम्बासी बस्तीका ८० घर परिवार उच्च जोखिममा परेका छन् ।

सुनवर्षी नगरपालिका मेयर कालिप्रसाद दासले बक्राहको बाँध ब्यवस्थित बनाउनका लागि आफुले पटक पटक सरोकारवाला निकायलाई आग्रह गर्दा पनि सुनुवाई नभएकाले यस्तो अवस्था आइपरेको बताउनुभयो ।

मेयर दासले बाँध नै भत्काएको नदी नियन्त्रण गर्न सक्ने अवस्था नरहेता पनि तत्काल थप क्षति पुग्न नदिन नेपाली सेना, सशस्त्र र जनपथ प्रहरीसहित स्थानीय लागिपरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *