Main News

सप्तकोशी नदीको बहाव यो वर्षकै उच्च, ५६ मध्ये ४६ वटा ढोका खोलियो

हिमालय टिभी
२०७७ साउन ६ गते १२:३७
सप्तकोशी नदीको बहाव यो वर्षकै उच्च, ५६ मध्ये ४६ वटा ढोका खोलियो

६ साउन, २०७७ विराटनगर । सप्तकोशी नदीमा आएको बाढीले खतराको तह पार गरेको छ । आज बिहान ६ बजे गरिएको मापनअनुसार पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३४ हजार ९ सय ९० क्युसेक छ । यो वर्षकै उच्च मापन हो ।

कोशी ब्यारेजमा २ लाख क्युसेक प्रतिसेकेन्ड मापन हुँदा खतराको तह पार गर्छ । बहाव उच्च भएपछि ५६ मध्ये ४६ वटा ढोका खोलिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

ब्यारेजका दुईवटै नहर बन्द गरिएको छ । पानीको बहाव थेग्न नसकेर नहर भत्किन सक्ने भएकाले नहर बन्द गरिएको हो । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले सप्तकोशीमा बहाव बढ्दो क्रममा रहेको जनाएको छ ।

त्यसैले सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा भोली विहानसम्म उच्च सतर्कतासाथ रहन वा सुरक्षित स्थानमा जान सूचित गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *