Main News

पृथ्वी राजमार्गअन्तर्गत मौवा खोलाको पुल भासियो, आवतजावत अवरुद्ध

हिमालय टिभी
२०७७ साउन ५ गते १६:५१
पृथ्वी राजमार्गअन्तर्गत मौवा खोलाको पुल भासियो, आवतजावत अवरुद्ध

५ साउन, २०७७ चितवन । चितवनबाट धादिङ प्रवेश गर्ने पृथ्वी राजमार्गको विन्दु मोवाखोलाको पुल बाढी र पहिरोले क्षति पुर्‍याएको छ ।

मोवाखोलामा आएको बाढीले पुलको धादिङतर्फको खण्ड भत्काउँदा राजामार्ग अवरुद्ध भएको छ । राजमार्गका अन्य ठाउँमा पनि अवरुद्ध भएको छ ।

त्यस्तै धादिङको जोगिमारामा खसेको पहिरोले ३ वटा गाडी बगाएको छ । ४ वटा पुरिएको छ । धादिङको फर्केखोला, गलौंदी, गल्छीको महेशखोला क्षेत्रमा पनि पहिरो खसेर राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी रुपक खड्काले जानकारी दिनुभयो ।

धादिङमा पहिरोका कारण एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन् । गजुरी गाउँपालिका– २ मा पहिरोले ६ घरमा क्षति भएको छ ।

एक जना बेपत्ता र एक जना घाइते भएका छन् । त्यस्तै बेनिघाट रोराङ गाउँपालिकामा एक जना घाइते भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *