Main News

लगातारको वर्षाले नारायणी नदीको सतह ह्वात्तै बढ्यो, सतर्क रहन सुझाव

हिमालय टिभी
२०७७ साउन ५ गते १४:५२
लगातारको वर्षाले नारायणी नदीको सतह ह्वात्तै बढ्यो, सतर्क रहन सुझाव

५ साउन, २०७७, चितवन । लगातारको वर्षाले नारायणी नदीको सतह ह्वात्तै बढेको छ । नदी तह बढेर विभिन्न ठाउँमा रहेका पुलसम्म पुग्न थालेको छ ।

नारायणगढ–मुग्लिन सडक खण्डमा रहेको सिमलतालमा रहेको झोलुङ्गे पुल त्रिशुली नदीले बगाउनै लागेको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित सिमलताललाई तनहुँसँग जोड्ने पुललाई बिहान करिब ११ बजे नै नदीले छोइसकेको थियो । अहिले नदीको तह पुलभन्दा माथि पुगेको छ ।

त्यसैगरी त्रिशुली नदीको तह बढेर दासढुंगामा रहेको पक्की पुलको पिल्लर पुरै डुबेको छ । नदी अहिले पुलको माथिल्लो भागमा ठोक्किन थालेको छ ।

अहिले पनि नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा ढुंगा झरिरहेको छ । प्रहरीले यो सडकमा गाडी चल्न रोक लगाएको छ । अहिले सबै गाडी जुगेडीमै रोकिएको प्रहरीले जनाएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले नदीको तह अझै बढ्न सक्ने भन्दै सतर्क रहन आग्रह गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *