Main News

लगातारको वर्षाले देशका विभिन्न राजमार्ग अवरुद्ध

हिमालय टिभी
२०७७ साउन ५ गते १३:०६
लगातारको वर्षाले देशका विभिन्न राजमार्ग अवरुद्ध

५ साउन, २०७७, काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् ।

पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना–६ चारकिलोमा आज बिहान ५ बजेतिर ठूलो पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको हो ।

पहिरोसँगै विद्युतका दुई वटा पोलसमेत सडकमा ढलेका छन् । पानी लगातार परिरहेको र माथिबाट समेत थप पहिरो खसिरहेकाले आज दिनभर जस्तो सडक अवरुद्ध हुन सक्ने देखिएको प्रहरीले जनाएको छ ।

त्यसैले आज यात्रुहरुलाई वैकल्पिक सडक प्रयोग गर्न भनिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले ठूलो पहिरो खसेकाले पन्छाउन समय लाग्ने बताएको छ । त्यसैले एकतर्फी सवारी लामबद्ध गरिदिन प्रहरीले अनुरोध गरेको छ ।

यस्तै पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्ड एकतर्फी रुपमा सुचारु भएको छ ।

तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै शुक्रबार राति खसेको पहिरो दुई दिन लगाएर पन्छाएपछि आइतबार साँझ ५ बजेदेखि एकतर्फी सवारी साधन चल्न थालेका थिए ।

तर, राति सवा आठ बजेपछि सोही ठाउँमा पहिरो खस्दा पुनः पूर्णरुपमा अवरुद्ध सडक अहिले एकतर्फि सञ्चालनमा आएको हो । भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन गिरीले जानकारी दिनुभयो ।

उता बाजुराको बुढीगंगा नगरपालिका–२ स्थित ताप्रिसेरा घट्टेखोलामा रहेको पक्की पुल बाढीले बगाएको छ । पक्की पुल बगेपछि साँफे–मार्तडी सडकखण्डमा आउ–जाउ पूर्णरुपमा बन्द भएको छ । साफे–मार्तडी सडकखण्ड अन्तरगत ओमकोटमा पनि पहिरोको कारण करिब दुई सातादेखि यातायात अबरुद्ध भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *