Main News

वर्षेनि ३० अर्बभन्दा बढीको औषधि आयात, सरकार विदेशीलाई प्रोत्साहन दिँदै (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन ३ गते १२:५०
वर्षेनि ३० अर्बभन्दा बढीको औषधि आयात, सरकार विदेशीलाई प्रोत्साहन दिँदै  (भिडियोसहित)

३ साउन, २०७७ काठमाडौं । सरकार र औषधि उत्पादकबीच पछिल्लो समय आरोप प्रत्यारोप चलिरहेको छ । औषधि उत्पादकले देशमा चाहिने सबै औषधि उत्पादन गर्न सक्षम रहेको दावी गर्दै आएका छन् ।

तर सरकारले स्वदेशी उत्पादनलाई उपेक्षा गरी विदेशी औषधिलाई मात्र प्रोत्साहन गरेको उनीहरुको आरोप छ । तर सरकार यसलाई मान्न तयार छैन ।

औषधि उत्पादकहरुले केही दिनदेखि लगातार औषधि व्यवस्था विभागमा धर्ना दिँदै आएका छन् । औषधी उत्पादनमा आत्मनिर्भर हुनुपर्ने, गुणस्तरीय औषधीको विक्रीवितरण गर्नुपर्ने उनीहरुको माग छ। सरकार आफैंले गरेको निर्णय कार्यान्वयन नगर्दा स्वदेशी उत्पादनले प्रोत्साहन पाएका छैनन् । सरकारले विदेशबाट आयात गर्न मात्रै जोड गरेको उनीहरुको आरोप छ ।

देशमा चाहिने ७५ प्रतिशत भन्दा बढि औषधि स्वदेशमै नै उत्पादन गर्न सक्ने उनीहरुको दावी छ । तर सरकारले सहयोग नगरेकै कारण क्षमता अनुसार उत्पादन गर्न नसकेको औषधि उत्पादकको गुनासो छ ।

तर सरकार त्यो मान्न तयार छैन । देश भरका व्यवसायीको नियामक निकाय औषधि व्यवस्था विभागले औषधी उत्पादनका उपकरण तथा कच्चा पदार्थको अभाव रहेकाले औषधी आयात गर्नुको विकल्प छैन ।

विभागले त स्वदेशी औषधि उत्पादनको गुणस्तर र मुल्यमै प्रश्न उठाएको छ । नेपाली औषधि उत्पादकमा नागरिकको स्वास्थ्य भन्दा व्यक्तिगत स्वार्थ र लाभ हावी भएको आरोपसमेत विभागको छ ।

औषधि मानिसको जीवनसँग जोडिएको संवेदनशील विषय हो । त्यसैले नागरिकको स्वास्थ्यमा खेलवाड गर्ने अधिकार न सरकारलाई छ, नत औषधी उत्पादकलाई नै ।

औषधि आयात घटाउन सरकारले व्यवसायीहरुले खोजेको सहुलियत दिनु पर्छ तर औषधिको गुणस्तरमा कुनै पनि सम्झौता गर्नु हुँदैन । र व्यवसायीले पनि राज्यले तोकेको मापदण्ड अनुसार औषधि उत्पादन गर्नु पर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *