पहिरोले बुटवल–तानसेन सडक पुनः अवरुद्ध

३ साउन, २०७७, बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडक खण्ड पुनः अवरुद्ध भएको छ ।
बुटवल(तानसेन सडक खण्डको तल्लो डुम्रे नजिकै पहिरो खस्दा सडक पुनः अवरुद्ध भएको हो । सिद्धार्थ राजमार्गको पाल्पाको तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै गएराति फेरि पहिरो खसेको हो ।
पहिरोले लु १ क ११७५ नम्बरको ट्रक सडकमा फँसेकै अवस्थामा गएराति पुनः पहिरो खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पहिरोले सडकमा रोकिएको ट्रक पूरै ढाकिएको छ ।
ट्रक पुरिँदा मानवीय क्षति भए–नभएको यकिन नभएको पाल्पा प्रहरीको भनाइ छ ।
बुटवल र पाल्पा दुबैतर्फबाट जेसीबी ल्याएर पहिरो पन्छाउने काम भइरहेको छ । सडक खुलाउन आज दिनभर लाग्न सक्ने बताइएको छ ।
यसैबीच लगातारको वर्षाका कारण पाल्पा रैनादेवी छहरा–३ भुवनपोखरीमा रिडि खोलाले बगाउँदा अर्घाखाचीका ४० वर्षीय देवबहादुर मुखिया बेपत्ता भएको इलाका प्रहरी कार्यालय मुझङले जनाएको छ ।
प्रतिक्रिया