Main News

आज पनि देशका विभिन्न स्थानमा वर्षा हुने, सतर्कता अपनाउन सुझाव

हिमालय टिभी
२०७७ साउन ३ गते ७:५४
आज पनि देशका विभिन्न स्थानमा वर्षा हुने, सतर्कता अपनाउन सुझाव

३ साउन, २०७७ काठमाडौं । आजदेखि केही दिन देशका विभिन्न भागमा निरन्तर वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै, प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशका १–२ स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ ।

त्यस्तै, भोलिदेखि ८ गतेसम्म मुलुकका विभिन्न भूभागमा भारी वर्षा हुने मौसमविद्ले बताएका छन् । यसबाट हुन सक्ने सम्भावित बाढी, पहिरो र डुबान लगायत विपद् जोखिमबाट सतर्कता अपाउन मौसमविदहरुले आग्रह गरेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन सक्रिय भएको जेठ ३० देखि असार ३० गतेसम्म पहिरोका कारण धनजनको क्षति धेरै भएको स्पष्ट पार्दै अब आउने मनसुनका कारण बाढीसँंगै तराईका जिल्ला डुबान हुन सक्ने जनाएको छ ।

विपद्को पूर्वतयारी, उद्धार, उपचार, पुनस्थापना र राहत वितरणका सम्बन्धमा जानकारी दिँदै प्राधिकरणका कार्यकारी प्रमुख अधिकृत अनिल पोखरेलले मानवीय क्षति घटाउन सतर्क रहनु नै महत्वपूर्ण हुने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *