प्रधानमन्त्री ओलीको अभिव्यक्तिबारे भारतले कुनै टिप्पणी नगर्ने

२ साउन २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमि अयोध्ध्या बारे दिएको अभिव्यक्तिलाई लिएर भारतीय विदेश मन्त्रालयले कुनै टिप्पणी नगर्ने जनाएको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मभूमि बारेमा दिएको अभिव्यक्तिबारे पत्रकारले सोधेको प्रश्नको उत्तर दिँदै यसबारेमा टिप्पणी नगर्ने बताएका हुन्।
भारतको विशाल र समृद्ध सांस्कृतिक विरासत विश्वभर परिचित रहेको र नेपालको विदेश मन्त्रालयले पनि यसबारेमा स्पष्टीकरण दिइसकेको भन्दै श्रीवास्तवले थप टिप्पणी आवश्यक नरहेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले आदिकवि भानुभुक्त आचार्यको जन्म जयन्तीका अवसरमा असार २९ गते बालुवाटारमा भगवान रामको जन्म वीरगञ्जबाट पश्चिमस्थित ठोरीमा भएको बताउनु भएको थियो ।
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर नेपालमा भारतलाई चिढ्याउने प्रयासका रुपमा टिप्पणी भइरहेका बेला भारतीय विदेश मन्त्रालयले टिप्पणी नगर्ने जनाएको हो।
प्रतिक्रिया