Political Hightlights

सत्तारुढ नेकपा स्थायी कमिटी बैठक साउन ४ गतेसम्मका लागि स्थगित

हिमालय टिभी
२०७७ साउन २ गते १३:०५
सत्तारुढ नेकपा स्थायी कमिटी बैठक साउन ४ गतेसम्मका लागि स्थगित

२ साउन, २०७७ काडमाढौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी पर्सिसम्मका लागि स्थगित भएको छ ।

आजका लागि बोलाइएको बैठक बस्दै नबसी पर्सि दिउँसो चार बजेसम्मका लागि स्थगित भएको हो । बिहान एघार बजेका लागि बोलाइएको बैठक दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलका कारण आज तीन बजेसम्मका लागि स्थगित भएको थियो ।

तर त्यसपछि पनि छलफल लम्बिएपछि बैठक दुई दिनपछि सारिएको छ । तर दुई अध्यक्षबीचको छलफल भने चलिरहेको छ । छलफलले स्थायी कमिटी बैठक अब कसरी चलाउने र कति दिन लम्बाउने ? स्वीकृत सात वटा एजेण्डामध्ये कुन–कुन विषयमा छलफल गर्ने रु कुन–कुन विषय केन्द्रीय कमिटीमा लैजाने भन्ने टुंगो लगाउनेछ ।

ओली र प्रचण्डबीचको छलफलमा महासचिव विष्णु पौडेल र जनार्दन शर्मा पनि सहभागी हुनुहुन्छ । हिजो तीन शीर्ष नेताबीच भदौको पहिलो साता केन्द्रीय कमिटी बैठक बोलाउने सहमति भएको छ । स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गर्नेछ ।

सचिवालयबाट सुरु भएको प्रधानमन्त्री ओलीको राजीनामा अब केन्द्रीय कमिटीसम्म पुग्नेछ । स्थायी कमिटीबाट ठोस् निर्णय हुन नसकेपछि दुवै पक्ष अहिले देखिएको सम्रग समस्याको समाधान केन्द्रीय कमिटीबाट खोज्न तयार भएका हुन् ।

स्थायी कमिटी बैठकमा ओलीको दुवै पदबाट राजीनामा माग भएपछि थप विवाद थपिएको छ । प्रचण्ड–नेपाल समुहले ओलीले प्रधानमन्त्रीबाट राजिनामा दिनुपर्ने माग गरिरहेको छ भने ओलीले दुवै पद नछोड्ने अडान राख्नुभएको छ । असार १८ गतेयता नेकपाको स्थायी कमिटी बैठक समेत बस्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्