Political Hightlights

नेकपा विवाद समाधान गर्न आज तीन नेताबीच छलफल हुने

हिमालय टिभी
२०७७ साउन १ गते ९:३७
नेकपा विवाद समाधान गर्न आज तीन नेताबीच छलफल हुने

१ साउन, २०७७ काठमाडौं । स्थायी कमिटी बैठक अघि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद समाधान गर्न आज तीन नेताबीच छलफल हुने भएको छ ।

भोलिको स्थायी कमिटी बैठक अघि आज दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल हुने भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा हुने छलफल पार्टी भित्रको आन्तरिक विवाद समाधानमा केन्द्रीत हुने छ । आन्तरिक र बाह्य अवस्थाका कारण घेरावन्दीमा परेका प्रधानमन्त्री ओली पार्टीभित्रको सन्तुलन व्यवस्थापन गरेर अघी बढ्ने मनन्थितिमा पुग्नुभएको छ ।

स्थायी कमिटी बैठकअघि शीर्ष तहमा सहमति गरेर अघी बढ्न अध्यक्षद्वय ओली र प्रचण्ड सहमत भएका छन् । दुई अध्यक्षबीचको निरन्तर ७ पटकसम्म भएको छलफलपछि आज वरिष्ठ नेता नेपालसहित छलफल हुन लागेको हो ।

पार्टी विभाजनको तहमा पुग्ने गरी अन्तरविरोध चर्किएपछि डेढ सातादेखि लगातार संवादमा रहेका प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच हिजो भएको वार्तापछि आज वरिष्ठ नेता नेपालसहितको छलफल गर्ने सहमति भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

१० असारदेखि सुरु भएको स्थायी कमिटी बैठकमा प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने माग राख्दै आएका छन् । नेकपाका दोस्रो तहका नेताहरुले पार्टी एकतालाई थप मजबुद बनाउँदै जनआकांक्षा पुरा गर्नेगरी सरकार सञ्चालनका लागि नेतृत्वलाई दवाव दिंदै आएका छन् ।

आज नेता नेपालसहितको छलफलमा पार्टी भित्रको विवाद समाधान र सरकारका काम कारबाही जनमुखी बनाउनेबारे छलफल हुने छ । गत मंसिर ४ मा भएको सहमतिलाई थप व्याख्या गरि सचिवालयमा पेश गर्नेबारे छलफलको तयारी भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्