Main News

लामो दूरीका यातायात पनि सञ्चालन गर्न सकिने व्यवसायीको प्रस्ताव

हिमालय टिभी
२०७७ असार ३१ गते १८:३१
लामो दूरीका यातायात पनि सञ्चालन गर्न सकिने व्यवसायीको प्रस्ताव

३१ असार, २०७७ काठमाडौं । यातायात व्यवसायीले वातावरण सहज बने लामो दूरीको यातायात पनि सञ्चालन गर्न सकिने प्रस्ताव गरेका छन् ।

सरकारले परामर्श नगरी यातायात सेवा सञ्चालन गर्ने निर्णय गरेपछि रुष्ट बनेका व्यवसायीले यातायात व्यवस्था विभागमा भएको छलफलमा सहज वातावरण भए लामो दूरीको यातायात सेवा सञ्चालन गर्न सकिने प्रस्ताव गरेका हुन् ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले मागप्रति सरकार सकारात्मक भएर स्वस्थ्य वातावरण बने लामो दुरीको सवारी सञ्चालन गर्न सकिने प्रस्ताव गरेको जानकारी दिनुभयो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम ढकालले सवारी सञ्चालनका लागि जारी भएको प्रोटोकलका विषयमा छलफल भएको जानकारी दिनुभयो। उहाँका अनुसार स्वास्थ्य सुरक्षाका सबै पक्षलाई ध्यान दिँदै कुन निकायले के गर्ने भन्ने जिम्मेवारी समेत तोकिएको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले सवारी सञ्चालन गर्दा कोरोनाले पार्न सक्ने प्रभाव नियन्त्रण र न्यूनीकरणका विषयमा के गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको बताउनुभयो । रोकारवालसँगको वृहत छलफलपछि सवारी सञ्चालनका लागि ‘एक्सन प्लान’ बनेको उहाँले जानकारी दिनुभयो

सरकारले यातायात सञ्चालन गर्ने निर्णय गरेपनि पूर्ण रुपमा अझै यातायात सञ्चालन हुन सकेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *