अयोध्यासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिबारे कांग्रेसले माग्यो सरकार र नेकपाको धारणा
३१ असार, २०७७ काठमाडौं । राम जन्मभूमिबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार र सत्तारुढ नेकपाको आधिकारिक धारणा मागेको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ती निकालेर प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति र ब्यवहारप्रति पार्टीको गम्भीर विमति रहेको प्रष्ट पार्दै आधिकारिक धारणा माग्नुभएको हो ।
कांग्रेसले प्रधानमन्त्रीको अभिव्यक्ति नेपाल सरकार र नेकपाको मत होइन भने शासन गर्ने नैतिक र राजनैतिक आधार पनि गुमाएको टिप्पणी गरेको छ ।
प्रधानमन्त्री पद देशको संस्कार, संविधान र संवेदनशीलता भन्दा पर ब्यक्तिगत सनकको कैदी बन्न नमिल्ने भन्दै कांग्रेसले बाढी–पहिरो र कोरोना महामारीका बेला बेला प्रधानमन्त्रीको दायित्व के हुन्छ र के हुनुपर्दछ ? भनेर प्रश्न गरेको छ ।
त्यस्तै सर्वसम्मतिले देशको नयाँ नक्सा संसदबाट जारी भएपछि गम्भीर कुटनैतिक पहलकदमी नगरेर प्रधानमन्त्रीले नक्सालाई सत्ता राजनीतिको ब्यक्तिगत हतियारका रूपमा उपयोग गरेको कांग्रेसको आरोप छ ।
प्रतिक्रिया