राजनीति

सत्ता बचाउन प्रधानमन्त्रीका अनेक फन्डाः भारतसँग सम्बन्ध झन बिग्रने (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार ३० गते २०:१०
सत्ता बचाउन प्रधानमन्त्रीका अनेक फन्डाः भारतसँग सम्बन्ध झन बिग्रने (भिडियोसहित)

३० असार, २०७७ काठमाडौं । राम जन्मभूमि नेपालको पर्सामा पर्ने अभिव्यक्तिलाई लिएर प्रधानमन्त्रीको शासन संचालन गर्ने योग्यतामै प्रश्न उठन थालेको छ । प्रधानमन्त्रीको नयाँ दाबी त्यतिबेला आएको छ जतिबेला छिमेकी मुलुक भारतसँग सम्वन्ध अत्यन्तै नाजुक अवस्थाबाट गुज्रिरहेको छ ।

यस्तो बेलामा प्रधानमन्त्रीकै कारण भारतसँगको सम्वन्ध सुधार हुने भन्दा पनि झन विग्रने देखिएको छ । राष्ट्रवादको लहर सिर्जना गरेर आफ्नो शासन लम्व्याउने प्रधानमन्त्रीको प्रयासका रुपमा पनि यसलाई लिइएको छ ।

देश कोरोना महामारीले अक्रान्त छ । हरेक क्षेत्र र तप्काका नागरिक आर्थिक संकटबाट गुज्रिरहेका छन् । विभिन्न पेशा व्यवसाय गर्नेहरु राहतको माग गर्दै सडकमा उत्रिरहेका छन् । बाढी र पहिरोले देशका ४५ जिल्ला प्रभावित छन् ।

हरेक दिन मानिस मरिरहेका छन् । छिमेकी मुलुकसँग सम्वन्ध तिक्ततापुर्ण बन्दै गइरहेको छ । तर मुलुकको नेतृत्व सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओली भने यस्तो अवस्थामा बेतुकका भाषण गर्नमा व्यस्त हुनुहुन्छ । उहाँलाई थाहा नभएको केही छैन ।

स्वास्थ्य, इतिहास, भूगोल, विज्ञानदेखि आहार विहार मात्र होइन अब धर्म संस्कृतिका बारेमा पनि प्रधानमन्त्रीले प्रवचन दिन थाल्नुभएको छ । उहाँलाई देशको अवस्था र नागरिकका पीरमर्का बाहेक अरु सबै विषय थाहा छ । अझ पछिल्लो पटक त उहाँले आफु कुन ओहोदामा छु भन्ने पनि विर्सिन थाल्नुभएको छ ।

पछिल्लो पटक भगवान श्री रामको जन्मभूमि अयोध्या नेपालमै पर्छ भनेर उहाँले दिएको अभिव्यक्ति रमाइलो ठट्टाका रुपमा मात्र लिन सकिदैन । किनकी यसले छिमेकी मुलुकसँगको सम्वन्धमै असर पार्छ । अयोध्या नेपालमा पर्छ भन्ने प्रधानमन्त्रीको दाबी कतिपयलाई सत्य लाग्न पनि सक्छ । तर त्यसका लागि देशको मुखियाले सार्वजनिक रुपमा भाषण गर्दै हिड्ने हो कि तथ्य र प्रमाण संकलन गरेर आफ्नो तर्क स्थापित गर्न तिर लाग्ने हो ?

पछिल्लो पटक भगवान श्री रामको जन्मभूमि अयोध्या नेपालमै पर्छ भनेर उहाँले दिएको अभिव्यक्ति रमाइलो ठट्टाका रुपमा मात्र लिन सकिदैन । किनकी यसले छिमेकी मुलुकसँगको सम्वन्धमै असर पार्छ । अयोध्या नेपालमा पर्छ भन्ने प्रधानमन्त्रीको दाबी कतिपयलाई सत्य लाग्न पनि सक्छ । तर त्यसका लागि देशको मुखियाले सार्वजनिक रुपमा भाषण गर्दै हिड्ने हो कि तथ्य र प्रमाण संकलन गरेर आफ्नो तर्क स्थापित गर्न तिर लाग्ने हो ?

फेरि नेपालले लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गरेपछि भारतसँगको सम्वन्ध अत्यन्तै संवेदनशिल अवस्थामा पुगेको छ । यहि बेलामा प्रधानमन्त्रीले यस्ता बेतुकका भाषण गर्नु भनेको भारतसँगको सम्वन्ध थप बिगार्नु मात्रै हो । प्रधानमन्त्री ओली जानीजानी अहिले यसो गरिरहनुभएको छ ।

राजकाजमा असफल भएपछि नागरिकको ध्यान मोड्न अनेक फन्डा ल्याउनु खराव शासकले अपनाउने पुरानै तरिका हुन् । नेपालमा पनि प्रधानमन्त्री ओलीले बारम्बार यस्तै काम गरिरहनुभएको छ । रेल र पानी जहाजका हावादारी गफ र समृद्धिको सपना देखाएर प्रधानमन्त्रीको कुर्चीमा विराजमान भएका ओलीले आधा कार्यकालसम्म प्रतिवद्दता अनुसारका केही पनि काम गर्न सक्नुभएको छैन ।

उहाँका कामबाट आम नागरिक मात्रै होइन स्वयं उहाँकै दल नेकपाका नेता कार्यकर्ता पनि सन्तुष्ट छैनन । त्यसैले पार्टीभित्रैबाट राजीनामाको माग चर्किरहेको छ । यस्तो अवस्थामा कहिले भारत आफुलाई हटाउन लागेको त कहिले कोरोनाका लागि बेसार खानुपर्ने तथ्यहिन तर्क दिएर प्रधानमन्त्रीले आम नागरिकको ध्यान मोड्ने प्रयास गरिरहनुभएको छ ।

भारतीय शासकले धर्मका नाममा गरिरहेको राजनीति अहिले उत्कर्षमा छ । धर्मका नाममा राजनीति गर्न हुँदैन भन्नेहरु भारतमै पनि सत्ताधारी दलको निशानामा छन् । सत्तारुढ भाजपाका नेता कार्यकर्ता जय श्री राम भन्दै धर्मलाई राजनीतिमा घोलघाल पार्न व्यस्त छन् ।

यस्तो अवस्थामा रामको जन्मभुमिलाई लिएर विवाद खडा गर्नु भनेको भारतीय शासक र धर्म उन्मादले ग्रसित त्यहाँका नागरिकलाई झन उत्तेजित पार्नु मात्रै हो । शायद प्रधानमन्त्री अहिले यस्तै चाहिरहनुभएको छ ।

अमेरिकाका ट्रम्पदेखि भारतका मोदीसम्मका शासकका लागि कथित राष्ट्रवाद पदमा टिकिरहने मुद्दा हो । नेपाली शासकमा पनि राष्ट्रवादको मुद्दा उछालेपछि जस्तोसुकै कठिनाइमा पनि नागरिक आफ्नै साथमा रहन्छन् भन्ने मनोवृति विकास भएको छ । भारतीय नाकावन्दीका बेलादेखि प्रधानमन्त्री ओलीले पनि यही फर्मुला प्रयोग गरिरहनुभएको छ । पछिल्लो पटक नयाँ नक्सा जारी गरेपछि पाएको वाहावाहीले प्रधानमन्त्री थप हौसिनु भएको छ ।

अहिले भारतसँगको सम्वन्ध इतिहासकै खराव मोडबाट गुज्रिरहेको छ । यो अवस्थामा उसँग वार्ता गरेर सम्वन्ध सुधारको प्रयास गर्नुपर्ने जिम्मेवारी प्रधानमन्त्रीको काँधमा छ । साथै संवादबाटै अतिक्रमित भूमि फिर्ता ल्याउनुपर्ने थप जिम्मेवारी पनि छ । तर प्रधानमन्त्री ओली हरेक दिनजसो उट्पटयाङ अभिव्यक्ति दिएर भारतलाई झन चिढाउनेतिर लाग्नुभएको छ ।

अयोध्या प्रकरणले त्यही कुरा पुष्टि गरेको छ । साथै प्रधानमन्त्री ओली कतै भारतसँगको सम्वन्ध थप विगार्ने र राष्ट्रवादको पुरानै फर्मुला प्रयोग गरेर शासन सत्ता लम्व्याउने प्रयासमा त हुनुहुन्न भन्ने प्रश्न पनि उठेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्