Main News

थप ६ वटा प्रयोगशालाले पाए शुल्क लिएर कोरोना परीक्षण अनुमति

हिमालय टिभी
२०७७ असार २६ गते १८:३४
थप ६ वटा प्रयोगशालाले पाए शुल्क लिएर कोरोना परीक्षण अनुमति

२६ असार, २०७७ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप छ वटा प्रयोगशालालाई शुल्क लिएर कोरोना परीक्षणको अनुमति दिएको छ ।

मन्त्रालयले तोकेको निर्देशिका बाहिरका नमूना परीक्षणका लागि सम्पूर्ण परीक्षणको २५ प्रतिशत नबढाउने गरी थप छ वटा प्रयोगशाला र अस्पताललाई परीक्षण गर्न अनुमति दिइएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा त्यस्ता प्रयोगशाला तथा अस्पतालले पाँच हजार पाँच सय रुपैयाँ लिएर परीक्षण गर्न सक्ने बताउनुभयो ।

प्रवक्ता गौतमले प्रदेश १ को कोशी अस्पताल, प्रदेश २ को नारायणी अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश ५ मा लुम्बिनि अस्पताल, कर्णाली प्रदेशको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला र सुदूरपश्चिम प्रदेशमा प्रादेशिक प्रयोगशाला–धनगढीलाई शुल्क लिएर परीक्षण गर्ने अनुमति दिइएको हो ।

यसअघि छ वटै प्रयोगशाला तथा अस्पतालले कोरोना परीक्षण गर्दै आएपनि शुल्क लिएका थिएनन् । यसअघि काठमाडौंस्थित वीर अस्पताल, महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल र पाटन स्वास्थ्य प्रतिष्ठानलाई शुल्क लिएर कोरोना परीक्षण गर्न स्वीकृति दिइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *