Main News
सप्तकोशीमा पानीको बहाव यो वर्षकै उच्च, ३० वटा ढोका खोलियो
२०७७ असार २६ गते १२:५२

२६ असार, २०७७, विराटनगर । सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ । कोशी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ ।
पहाडी क्षेत्रमा निरन्तरको वर्षासँगै आएको बाढीका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च मापन भएको हो ।
कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार सप्तकोशी नदिमा शुक्रबार बिहान १० बजे पानीको बहाव २ लाख ७ हजार ७१५ क्यूसेक मापन भएको छ ।
पानीको बहाव यो वर्षकै उच्च हो । कोशीमा पानीको बहाव बढ्दो क्रममा रहेका कारण ५६ मध्ये ३० वटा ढोका खुला गरेको कन्ट्रोल रुमले जनाएको छ ।
प्रतिक्रिया