Main News

विभिन्न देशबाट आज पनि ९ सय बढी नेपाली स्वदेश फर्कँदै

हिमालय टिभी
२०७७ असार २४ गते १२:४८
विभिन्न देशबाट आज पनि ९ सय बढी नेपाली स्वदेश फर्कँदै

२४ असार, २०७७ काठमाडौं । कोरोना भाइरसका कारण विभिन्न देशमा रोजगारी गुमाएर समस्यामा परेका साढे ९ सय भन्दा बढी नेपाली आज स्वदेश फर्किदैछन्।

आज विभिन्न ६ उडानमार्फत युएई, मलेसिया, कुवेत, कतार लगायतका देशबाट ९ सय ६३ जनालाई ल्याइने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।

नेपाल एयरलाइन्सको जहाजमार्फत युएईको दुबईबाट आज विहानै १ सय ५० जना नेपाली काठमाडौं आइपुगेका छन्। नेपाल एयरलाइन्सकै अर्को जहाजले कतारबाट १ सय ५० जना लाई ल्याएको छ।

हिमालय एयरलाइन्समार्फत कतारबाट १ सय ५४ र मलेसियाबाट १५४ स्वदेश फर्कँदै छन् ।

आजै मलेसियाको क्वालालम्पुरबाट १ सय ७८ जना तथा कतार एयरवेजको विमानले कतारबाट १ सय ७७ जना नेपाली लिएर काठमाडौं आइपुग्ने विभानस्थल कार्यालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *