Political Hightlights

विवाद बढेपछि नेकपा स्थायी कमिटी बैठक बुधबारसम्मका लागि स्थगित

हिमालय टिभी
२०७७ असार २२ गते १२:५३
विवाद बढेपछि नेकपा स्थायी कमिटी बैठक बुधबारसम्मका लागि स्थगित

२२ असार, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक २४ गते सम्मका लागि स्थगित गरिएको छ ।

शीर्ष नेताहरुबीच सहमतिको प्रयास भइरहेकाले २४ गतेसम्मका लागि बैठक स्थगित गरिएको हो । सहमतिको प्रयास जारी रहेकाले असार २४ गते बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

स्थायी कमिटीका अधिकांश सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि नेकपाभित्र आन्तरिक कलह चुलिएको छ ।

प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाड्न ओलीलाई दबाव दिएका छन् । तर प्रधानमन्त्री ओली भने दुवै पद नछाड्ने अडान लिदै आउनुभएको छ ।

शीर्ष नेताहरुबीच सहमतिको प्रयासमा बैठक र छलफल हुँदै आए पनि सहमति पुगेको छैन । यस अघि पनि बैठक दुई दिनका लागि स्थगित गरेर शीर्ष नेताहरु सहमतिको प्रयासमा लागेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्