प्रमुख नदीहरुमा ठुलो बाढी आउने सक्ने भएकाले सतर्कता अपनाउन सुझाव

२२ असार, २०७७ काठमाडौं । यही असार २६ गतेदेखि २९ गतेसम्म प्रमुख नदीहरुमा ठूलो बाढी आउने सम्भावना भएकाले पूर्वसतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
बाढी सतर्कताको तह पार गरी खतराको तह नजिक पुग्ने भएकाले सतर्क रहन र नदी किनार क्षेत्रमा आगामी तीन दिनसम्म निर्माण कार्य नगर्न महाशाखाले अनुरोध गरेको छ ।
बाढीबाट प्रदेश १ र २ को तराई भूभागमा बढी जोखिम हुने महाशाखाले पूर्वानुमान गरेको छ । त्यसैले ती क्षेत्रमा पूर्वतयारीमा जुट्न पनि महाशाखाले आग्रह गरेको छ ।
आज भने बागमती, तिनाउ, पश्चिम राप्ती र बबईका सहायक नदीमा बहाव बढ्ने र केहीमा सतर्कताको तहसम्म पुग्ने अनुमान गरिएको छ ।
कन्काई, कोशी, कमला, बागमती, पश्चिम राप्ती, बबई, कर्णालीलगायतका नदीहरुमा पानीको बहाव बढ्दो क्रममा रहे पनि सबैमा सतर्कताको तहभन्दा तलै रहने महाशाखाले जनाएको छ ।
प्रतिक्रिया