Main News

बाँके वाणिज्य बैंक घोटाला प्रकरणमा संलग्नहरु थपिँदै

हिमालय टिभी
२०७७ असार २० गते १३:१५
बाँके वाणिज्य बैंक घोटाला प्रकरणमा संलग्नहरु थपिँदै

२० असार, २०७७, बाँके । बाँकेको राष्ट्रिय बाणिज्य बैंक घोटला प्रकरणमा आधिकारिक धितो मुल्यांकनकर्तादेखि प्रादेशिक कार्यालयका कर्जा स्वीकृत समितिका प्रबन्धकसम्मको मिलेमतो देखिएको छ ।

किर्ते कागज बनाएर ऋण लिने नेपालगन्जका सुनचाँदी ब्यबसायी रिजवान अहमद जशगढको बयानका आधारमा असार १२ गते बाणिज्य बैंकको त्रिभुवनचोक शाखाका प्रवन्धक ललितबहादुर शाही पक्राउ परेका छन् ।

यसैगरी खजान्ची कलबहादुर वली र कर्जा शाखाका कर्मचारी कलबहादुर वली पनि पक्राउ परिसकेका छन । उनीहरुको बयानका आधारमा राष्ट्रिय बाणिज्य बैकका आधिकारिक धितो मुल्यांकनकर्तादेखि प्रादेशिक कार्यालयका कर्जा स्वीकृत समितिका प्रबन्धक, त्रिभुबन चोक शाखाका कर्जा फाँटका कर्मचारी, ऋण लिने जशगढका आमा र श्रीमति समेत संलग्न रहेको देखिएको छ ।

बैकका आधिकारिक धितो मुल्यांकनकर्ता इन्जिनियर कर्णबहादुर केके, प्रादेशिक कार्यालयका कर्जा स्वीकृत समितिका प्रबन्धक होताराम योगी, ऋणीका आमा शशिना जसगढ र श्रीमती फमिला बानु जशगढ फरार रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

ब्यबसायी जशगढले नक्कली कागजपत्र र किर्ते छापका आधारमा २०७६ मंसिर २२ गते ५० लाख र २०७७ जेठ २५ गते ७५ लाख गरी १ करोड २५ लाख ऋण निकालेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *