Main News
धनगढीको बेली जंगलमा दुई युवतीको शव फेला
२०७७ असार २० गते १२:४२

२० असार, २०७७ धनगढी । धनगढी उपमहानगरपालिका ७ स्थित बेली जंगलमा दुई युवतीको शव भेटिएको छ ।
धनगढी ७ कै १९ वर्षीया गोमा बिक र २३ वर्षीया करिश्मा राउतको शव फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रतिक विष्टले प्रारम्भिक अनुसन्धानमा दुवैजनाले विष खाएर आत्महत्या गरेको देखिएको जानकारी दिनुभयो । शव भेटिएको स्थान नजिकै सेल्फास नामक विषादी फेला परेको विष्टले बताउनुभयो।
दुवै शव पोष्टमार्टमका लागि अस्पताल लगिएको छ ।
प्रतिक्रिया