Main News
कोरोना त्रासका कारण आत्महत्या गर्नेको संख्या बढ्दो
२०७७ असार २० गते ८:११

२० असार, २०७७ काठमाडौं । कोरोना भाइरस संक्रमणको डरका कारण नेपालमा आत्महत्या गर्नेको संख्या बढेको छ।
महामारीको त्रास, लकडाउन, आर्थिक संकट अनि महामारीले सिर्जना गरेका विभिन्न समस्याका कारण आत्महत्याका घटना घट्ने गरेको विज्ञहरुले बताएका छन्।
पछिल्लो समय संक्रमणको जोखिम कम गर्न क्वारेन्टिनमा राखिएका ८ जनाले आत्महत्या गरेका छन्। क्वारेन्टिनमा मात्र नभएर लकडाउन सुरु भएसँगै देशभर आत्महत्या गर्नेको संख्या बढेको छ।
क्वारेन्टिन व्यवस्थित नहुँदा पनि क्वारेन्टिनमा बसेका व्यक्तिमा संक्रमणको डर, चिन्ता बढेको छ ।
प्रतिक्रिया