Political Hightlights
संसद अन्त्य गरिएकोमा विपक्षी दल कांग्रेसको आपत्ति
२०७७ असार १८ गते २०:०६
१८ असार, २०७७ काठमाडौं । प्रमुख विपक्षी नेपली कांग्रेसले संघीय संसदको अधिवेशन हठात अन्त्य गरिएको भन्दै आपत्ति जनाएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति निकाली सत्तारुढ दलभित्रको द्वन्द्वको दुश्प्रभाव संसद अधिवेशनमा पर्नु आपत्तिजनक भएको बताउनु भयो ।
अधिवेशन आहृवान र अन्त्य गर्ने स्थापित निश्चित प्रक्रिया मिचेर संसद अधिवेशन अन्त्य गरिनु दुःखद भएको कांग्रेसले जनाएको छ ।
कोरोनाबाट सिर्जित चुनौती सामना गर्न प्रस्तुत संकल्प प्रस्तावदेखि एमसीसी हुँदै अन्य महत्वपूर्ण विधेयकहरु बारे निश्चित टुंगोमा नपुगी अधिवेशन अधिवेशन अन्त्य भएकोमा कांग्रेसले चित्त दुखाएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग सरकारले कुनै परामर्श नभएको र पूर्व सूचनासमेत नदिइएको कांग्रेसले बताएको छ ।
प्रतिक्रिया