Political Hightlights

आफूलाई सहयोग गर्न प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीको स्थायी कमिटी सदस्यहरुसँग आग्रह

हिमालय टिभी
२०७७ असार १७ गते १२:४३
आफूलाई सहयोग गर्न प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीको स्थायी कमिटी सदस्यहरुसँग आग्रह

१७ असार, २०७७ काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्षमा बोलेर सहयोग गर्न स्थायी कमिटी सदस्यलाई आग्रह गर्नुभएको छ ।

आज विहान बालुवाटार बोलाएर १५ जना नेतासँग ओलीले सहयोग माग्नुभएको हो । स्थायी कमिटीका अधिकांश सदस्यले राजीनामा मागेपछि संकटमा परेका ओलीले स्थायी कमिटी सदस्य रहेका केही मन्त्री र सांसदसँग बालुवाटारमा झण्डै २ घण्टा परामर्श गर्नुभएको हो ।

आफूलाई अप्ठेरामा पारिएको भन्दै छलफलमा सहभागी स्थायी कमिटी सदस्यसँग सहयोगको आग्रह गरेको स्रोतले जनाएको छ । ‘मलाई अहिले अप्ठेरामो पारिएको छ,’ प्रधानमन्त्री ओलीको भनाई उधृत गर्दै एक नेताले भने–तपाईंहरूले मलाई सहयोग गरिदिनुपर्‍यो, राष्ट्रियता र मेरा पक्षमा बोलिदिनुपर्‍यो।’

प्रधानमन्त्री ओलीले अहिले पार्टी र देश दुवै गम्भीर संकटमा रहेको र गम्भीरतापूर्वक कदम चाल्न आफूले परामर्श थालेको बताउनुभएको छ । उहाँका अनुसार यो पहिलो चरण हो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुकमार नेपाल, उपाध्यक्ष वामदेव गौतम सहित सचिवालयका अरु नेतासँग ओलीले एक एक गरेर भेटवार्ताको तयारी गर्नुभएको छ ।

बिहानको छलफलमा उपप्रधानमन्त्री ईश्वर पोखेरल, गृहमन्त्री रामबहादुर थापा बादल, कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उद्योगमन्त्री लेखराज भट्ट, नेताहरु सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, विष्णु रिमाल सहभागी हुनुहुन्थ्यो ।

यस्तै पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, सत्यनारायण मण्डल, छविलाल विश्वकर्मा, टोपबहादुर रायमाझी र मणि थापा सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्