Main News

नेपालमा ३१६ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १३५६४ पुग्यो (कुन जिल्लामा कति नयाँ संक्रमित ?)

हिमालय टिभी
२०७७ असार १६ गते १६:४१
नेपालमा ३१६ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १३५६४ पुग्यो (कुन जिल्लामा कति नयाँ संक्रमित ?)

१६ असार, २०७७ काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३१६ जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा ७१ महिला र २ सय ४५ पुरुष गरी ३ सय १६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या मंगलबारसम्म १३ हजार ५ सय ६४ पुगेको छ । जसमा महिला १ हजार ६ सय ५७ र पुरुष ११ हजार ९ सय ७ रहेका छन् । मंगलबार सबैभन्दा बढी सुदूरपश्चिममा १ सय २१ जनामा संक्रमण देखिएको छ । त्यहाँ २ हजार ४ सय ५७ जना कुल संक्रमित रहेका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा आज ४७ जना गरी ३ हजार ८ सय ७ जना संक्रमित रहेका छन् । प्रदेश नम्बर २ मा आज ८२ गरी कुल ३ हजार ७ सय ९४, गण्डकी प्रदेशमा आज २५ सहित आजसम्म १ हजार १७, कर्णाली प्रदेशमा आज १३ गरी १ हजार ४ सय ३६ जना संक्रमित रहेका छन् । यस्तै प्रदेश नम्बर १ मा आज १२ गरी कुल ५ सय ९५ र बागमती प्रदेशमा आज १६ गरी कुल ४ सय २८ जना संक्रमित रहेका छन् ।


पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ११ जनाको कोरोना परीक्षण गरिएको छ । अहिलेसम्म पीसीआर विधिबाट २ लाख २८ हजार ३ सय ४१ जनाको परीक्षण भएको छ ।

यस्तै आरडिटी विधिबाट आजसम्म २ लाख ९७ हजार ८ सय ७१ जनाको परीक्षण भएको छ ।

अहिले देशभरीका क्वारेन्टिनमा ५३ हजार ७० जना रहेका छन् । देशका विभिन्न अस्पतालमा १० हजार ३ सय ४१ जना आइसोलेसनमा उपचाररत रहेका छन् । मंगलबार ९ महिला र ५१ पुरुष गरी ६० जना डिस्चार्ज भएका छन् । यो सँगै आजसम्म कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज हुनेको संख्या २ सय ७७ महिला र २ हजार ९ सय १७ पुरुष गरी ३ हजार १ सय ९४ जना रहेको छ ।

कुन जिल्लामा थपिए कति नयाँ संक्रमित ?
बाजुरा-५१
डाेटी-३०
महाेत्तरी-२९
अछाम-२८
सप्तरी-२५
दाङ-२१
पाल्पा-१८
काठमाडाैं-१२
सिरहा-१०
कास्की-९
सर्लाही-८
रुकुम पश्चिम-८
राैतहट-७
अर्घाखाँची-७
तनहुँ-६
झापा-५
कैलाली-५
वैतडी-४
स्याङजा-४
धनुषा-३
लमजुङ-३
संखुवासभा-३
डढेलधुरा-३
दैलेख-३
उदयपुर-२
सल्यान-२
सुनसरी-२
सिन्धुपाल्चाेक-२
गुल्मी-१
गाेरखा-१
भक्तपुर-१
बागलुङ-१
ललितपुर-१
म्याग्दी-१
बाँके-१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *