Main News

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

हिमालय टिभी
२०७७ असार १६ गते १३:१३
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

१६ असार, २०७७ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच आज बिहान राष्ट्रपति निवास शितल निवासमा भेटवार्ता भएको हो।प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठकमा सहभागी बन्नुपूर्व प्रधानमन्त्री ओली शीतलनिवास पुग्नु भएको थियो ।

पछिल्लो समय प्रधानमन्त्री ओलीले कालापानी क्षेत्र समेटेर नयाँ नक्सा जारी भएपछि आफूलाई हटाउन खोजिएको अभिव्यक्ति दिनुभएको थियो । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको नेकपाभित्र विरोध भएको छ।

नेताहरूले प्रधानमन्त्रीको भनाइबारे स्थायी समितिमा छलफल हुनुपर्ने बताएका छन्। असार १० गते बसेको बैठकमा आफ्ना भनाइ राख्नु भएका प्रधानमन्त्री अर्को बैठकमा सहभागी नै हुनु भएन भने १३ गते बसेको बैठकमा केहीबेरमै निस्किनु भएको थियो ।

बैठकमा बुधबार, शुक्रबार र शनिबार तीन दिन सीमासम्बन्धी एजेण्डामा छलफल भएको थियो । आज कोरोना महामारी र सरकारको भूमिकाबारे छलफल हुने कार्यसूची छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *