Main News
गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ९६६ पुग्यो
२०७७ असार १६ गते १०:२१

१६ असार, २०७७ कास्की । गण्डकी प्रदेशमा आज थप १७ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै गण्डकीमा संक्रमितको संख्या ९ सय ६६ पुगेको छ ।
आज कास्कीको पोखरा महानगरपालिकामा ७, मादीमा १, तनहुँको ब्यास नगरपालिकामा ५, लम्जुङको बेसीशहर, मध्यनेपाल र मर्स्याङदीमा एक एक जना तथा स्याङजाको पुतलीबजारमा एक जनामा संक्रमण देखिएको छ ।
अहिलेसम्म २ सय १४ जना कोरोना संक्रमणमुक्त भएर घर फर्केका स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
प्रतिक्रिया