इंग्लिस प्रिमियर लीग फुटबलमा बर्नली विजयी

हिमालय टिभी
२०७७ असार १६ गते १०:००
इंग्लिस प्रिमियर लीग फुटबलमा बर्नली विजयी

१६ असार, २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फुटबलमा बर्नली विजयी भएको छ ।

प्रिमियर लीग अन्तर्गत गएराति सम्पन्न खेलमा बर्नलीले क्रिस्टल प्यालेसमाथि १(० को संघर्षपूर्ण जित निकालेको हो ।

अवे मैदानमा भएको खेलमा बर्नलीका लागि बेन मीले गरेको एक मात्र गोल नै निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ६२ औं मिनेटमा मीले गोल गर्दै बर्नलीलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलमा थप गोल भएन । जितसँगै बर्नलीले तालिकाको आठौं स्थानमा उक्लिएको छ । बर्नलीको ३२ खेलबाट ४५ अंक रहेको छ । यससँगै बर्नलीको युरोपा लीगमा छनौट हुने सम्भावना समेत बढेको छ ।

समान ३२ खेलबाट ४५ अंक जोडेको क्रिस्टल प्यालेस ११ औं स्थानमा रहेको छ । प्रिमियर लीगको उपाधि भने यसअघि नै लिभरपुलले जितिसिकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *