Main News

कागजात किर्ते गर्ने यातायात कार्यालयका कर्मचारीसहितको गिरोह पक्राउ

हिमालय टिभी
२०७७ असार १५ गते १३:५९
कागजात किर्ते गर्ने यातायात कार्यालयका कर्मचारीसहितको गिरोह पक्राउ

१५ असार, २०७७, कञ्चनपुर । प्रहरीले यातायात कार्यालय धनगढीका दुई कर्मचारीसहित सवारी साधन चोरी र कागजात कित्र्ते प्रकरणमा संलग्न गिरोहलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले सवारीसाधन चोरी र कागजात कित्र्ते प्रकरणमा संलग्न यातायातका दुई जना कर्मचारीसहितको गिरोहलाई पक्राउ गरेको हो ।

उक्त गिरोहमा संलग्न यातायात व्यवस्था कार्यालय धनगढीमा सहायक कम्प्युटर अपरेटर पदमा कार्यरत जितेन्द्र राना र कार्यालय सहयोगी गणेश भट्टराई पक्राउ परेका छन् ।

सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पत्रकार सम्मेलन पक्राउ परेका १२ जनालाई सार्वजनिक गरेको छ ।
उनीहरु मोटरसाइकल लगायतका सवारी साधनचोरी र नक्कली कागजपत्र बनाएर विक्री गर्ने काममा लामो समयदेखि सक्रिय रहेको बुझिएको र ८ वटा मोटरसाइकलसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासैनीले जानकारी दिनुभयो ।

पक्राउ परेका २ कर्मचारीसहित १२ जनाविरुद्ध सरकारी कागज किर्तेअन्तर्गत मुद्दा दर्ता गरी कारबाही पक्रिया अगाडि बढाइने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *