Main News

कतार र मलेसियाबाट २ सय ९० नेपाली स्वदेश फिर्ता, कुवेतबाट फर्कँदै

हिमालय टिभी
२०७७ असार १५ गते ११:१५
कतार र मलेसियाबाट २ सय ९० नेपाली स्वदेश फिर्ता, कुवेतबाट फर्कँदै

१५ असार, २०७७ काठमाडौं । आज कतार र मलेसियाबाट २ जना ९० जना नेपाली स्वदेश आइपुगेका छन् ।

कतारको दोहा र मलेसियाको क्वालालाम्पुरबाट २ सय ९० जना नेपाली स्वदेश फर्किएका हुन् । नेपाल एअरलाइन्सको चार्टर्ड विमानमार्फत कतारको दोहाबाट १ सय ५१ जना र मलेसियाको क्वालालाम्पुरबाट १ सय ३९ जना नेपाल आइपुगेका हुन् ।

दोहाबाट एक जनाको शव पनि ल्याइएको छ । यस्तै आज कुवेतमा आममाफी पाएका नेपाली पनि स्वदेश फर्कंदै छन् भने मलेसियाबाट पनि हिमालय एअरलाइन्सको चार्टर्ड जहाजमार्फत नेपाली फर्कंदै छन् ।

कुवेत सरकारले नै जजिरा एअरमार्फत आज पनि नेपालीलाई निःशुल्क पठाउन लागेको हो । यसका साथै आजै हिमालय र नेपाल एअरलाइन्सका चार्टर्ड विमान नेपाली लिन जाने भएका छन् । नेपाल एअरलाइन्सका चार जहाज कतारको दोहा, मलेसियाको क्लालाम्पुर, यूएईको दुबई र कुवेत जाने त्रिभुवन विमानस्थलले जनाएको छ ।

हिमालय एअरलाइन्सका जहाज साउदीको दमाम र छाङ्सा जानेछन् । अहिलेसम्म कोरोनाको कारण विदेशमा समस्यामा परेका ११ हजारभन्दा बढी नेपाली स्वदेश फर्किसकेको परराष्ट्र मन्त्रालय जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *