Main News

चितवनमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ असार १२ गते ९:१०
चितवनमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

१२ असार, २०७७ चितवन । चितवनको भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोभिड(१९ प्रयोगशालामामा गरिएको आरटी पिसिआर परीक्षणका क्रममा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नवलपुरको कावासोती नगरपालिमा दुई महिला सहित १४ जनामा संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ । चितवनको माडी नगरपालिकाका ९ जना पुरुष संक्रमित भएका छन् ।

नवलपुरको गैंडाकोट नगरपालिकाका ७ जना पुरुष र चितवन मेडिकल कलेजमा उपचाररत एक जना पुरुषमा पनि संक्रमण भेटिएको छ ।

यस्तै चितवनकै भरतपुर महानगरपालिका( की एक महिला र १६ का एक पुरूषमा पनि संक्रमण भेटिएको अस्पतालले जनाएको छ । परीक्षण गरिएका १८० जनाको नतिजा नेगेटिभ रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *