चीनले मिचेको भूमिबारे संसदलाई जानकारी गराउन माग गर्दै संकल्प प्रस्ताव दर्ता
११ असार, २०७७ काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले चीनले मिचेको नेपाली भूमि फिर्ता गराउन र अतिक्रमणमा परेका भूमिको अवस्था संसदलाई जानकारी गराउन भन्दै प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता गराएका छन् ।
कांग्रेस सांसदहरू देवेन्द्रराज कँडेल, सत्यनारायण शर्मा खनाल र संजयकुमार गौतमले प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता गराएका हुन् ।
नेपालको भूभाग चीनको अतिक्रमणमा परेको हुनाले ती भूभागलाई कूटनीतिक माध्यमबाट वार्ता गरी फिर्ता ल्याउन र त्यहाँको वास्तविक अतिक्रमणमा परेका भूभागहरू सदनलाई जानकारी गराउन नेपाल सरकारलाई निर्देशन गर्नका लागि यो संकल्प प्रस्ताव पेस गरेको प्रस्तावमा लेखिएको छ ।
गोरखा, सोलुखुम्बु, दार्चुला, दोलखा, हुम्लालगायतका जिल्लाका केही भूमि चीनको अतिक्रमणमा परेको संकल्प प्रस्तावमा लेखिएको छ । त्यस्तै, नेपाल र चीनको सीमा छुट्याउने स्तम्भ पनि हराएको उल्लेख छ ।
प्रतिक्रिया