Political Hightlights

मुख्य विषयहरुमा राष्ट्रिय एकताका लागि राष्ट्रपतिबाट दलहरुसँग आव्हान

हिमालय टिभी
२०७७ असार ११ गते ७:२७
मुख्य विषयहरुमा राष्ट्रिय एकताका लागि राष्ट्रपतिबाट दलहरुसँग आव्हान

११ असार, २०७७ काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले दलका नेताहरुलाई मुख्य विषयहरुमा राष्ट्रिय राष्ट्रिय एकता कायम गर्न आह्वान गर्नु भएको छ ।

राष्ट्रपति भवन शितल निवासमा हिजो साँझ प्रमुख दलका नेताहरु, पूर्वप्रधानमन्त्रीहरु लगायतसँग गरेको परामर्श यस्तो आब्हान गर्नु भएको हो ।

लिम्पियाधुरासहितको नक्सा जारी गर्ने विषयमा जसरी राष्ट्रिय एकता अन्य राष्ट्रिय मुद्दामा पनि देखाउन आग्रह गरेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।

छलफलमा राष्ट्रपतिले कोरोना संकट नियन्त्रण, चुरे संरक्षण र वातावरण प्रदुषण नियन्त्रणमा पनि यस्तै प्रकारको एकता आवश्यक भएको बताउनु भएको थियो ।

राष्ट्रपतिले बोलाएको छलफलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नि सापकोट, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, शेर बहादुर देउवा, बाबुराम भटराई, खिलराज रेग्मी लगायत उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्