Main News
गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७२९ पुग्यो
२०७७ असार १० गते ७:३५

१० असार, २०७७, कास्की । आज गण्डकी प्रदेशका ८ जिल्लाका ३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
आज बाग्लुङमा ९, स्वाङ्जामा ७, नवलपुरमा ३, लम्जुङ र कास्कीमा पाँच पाँच, पर्वत, तनहुँ र गोरखामा एक एक जनामा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
यो संगै गण्डकीमा संक्रमित हुनेको संख्या ७ सय २९ पुगेको छ ।
प्रतिक्रिया