खेलकूद

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टरको सहज जीत

हिमालय टिभी
२०७७ असार ४ गते ७:३८
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टरको सहज जीत

४ असार, २०७७ काठमाडौं । कोरोना भाइरसका कारण रोकिएको एक सय दिनपछि सुरु भएको इंग्लिस प्रिमियर लिगको पहिलो दिनको खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटीले सहज जीत हात पारेको छ ।

सिटीको घरेलु मैदानमा भएको खेलमा आर्सनललाई तीन शुन्यले हराएको हो । सुरक्षा विधी अपनाइ खाली रंगशालामा खेलाईएको खेलको पहिलो हाफको इन्जुरी समयमा सिटीले अग्रता बनायो । उसका लागि रहिम स्ट्रलिङले गोल गरे ।

पहिलो हाफमा एक गोलले पछि परेको आर्सनल दोस्रो हाफका सुरुवातमा नै १० खेलाडीमा झर्न पुग्यो । डिफेन्डर डेविड लुइजले विपक्षीलाई फल गरेपछि सोझै रातोकार्ड पाउँदै मैदानबाट बाहिरीए ।

सिटीले ५१ औं मिनेटमा पेनाल्टीबाट अन्तर दुई शुन्यमा पुर्यायो । केभिन डी ब्रुइनले पेनाल्टीमा गोल गरे । त्यसपछि खेलको इन्जुरी समयको पहिलो मिनेटमा सिटीले तेस्रो गोल थप्यो । सिटीका लागि फोडेनले गोल गरे ।

जितसँगै सिटीले २९ खेलमा ६० अंक बनाएको छ । नबौं स्थानका आर्सनलको ४० अंक छ । त्यसअघि भएको एस्टोन भिल्ला र सेफिल्ड युनाइटेड विचको खेल गोलरहित बराबरीमा सकियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्