Main News

भेन्टिलेटरमा राखेर उपचार गरिएका नेपालकै पहिलो कोरोना संक्रमित निको भएर घर फिर्ता

हिमालय टिभी
२०७७ जेठ ३१ गते १२:३५
भेन्टिलेटरमा राखेर उपचार गरिएका नेपालकै पहिलो कोरोना संक्रमित निको भएर घर फिर्ता

३१ जेठ, २०७७ बुटवल । नेपालमै पहिलो पटक भेन्टिलेटरमा उपचारत कोरोना संक्रमित कोरोनामुक्त भएर घर फर्केका छन् ।

कपिलवस्तुबाट कोरोका संक्रमणका कारण सीकिस्त भएर बुटवलस्थित कोरोना विशेष अस्पतालको भेन्टिलेटरमा राखिएका संक्रमित निको भएर घर फर्केका हुन् । कोरोनाका कारण भेन्टिलेटरमा बसेका संक्रमित निको भएको यो नै पहिलो घटना हो ।

कपिलवस्तुका २२ वर्षिय युवक बालगोपाल कहार १६ दिन पहिले सिकिस्त भएर कोरोना बिशेष अस्पताल ल्याईएको थियो । स्थानीय क्वारेन्टाइनमा सिसिआर परिक्षण गर्दा पोजिटिभ देखिएका उनलाई कारोनाले च्यापेपछि जिल्लाको आइसोलसनबाट बुटवल ल्याईएको थियो ।

मधुमेहको समेत ग्रसित भएका कहारलाई १६ दिनको उपचार पछि भेन्टिलेटरबाट २ दिन अघि मुक्त गरिएको थियो । दोस्रो परिक्षणमा नेगेटिभ रिपोर्ट आएपछि अस्पतालले आज उनलाई घर पठाएको हो ।

सुरुमा मधुमेह नियन्त्रण गरेर कोरोनाको उपचार गरेपछि उनी कोरोना मुक्त हुन सफल भएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। राजेन्द्र खनालले जानकारी दिनुभयो । उँहालाई कोरोना विशेष अस्पतालबाट डाक्टर खनाल सहित कोरोना फोकल पर्सन डाक्टर सुदर्शन थापाले फुल र खादा ओढाएर बिदा गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *