राजनीति

संविधान संशोधनको पक्षमा मतदान गर्न सांसदहरुलाई कांग्रेसको निर्देशन

हिमालय टिभी
२०७७ जेठ १७ गते १७:२५
संविधान संशोधनको पक्षमा मतदान गर्न सांसदहरुलाई कांग्रेसको निर्देशन

१७ जेठ, २०७७, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

सानेपा स्थित पार्टी कार्यालयमा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले अद्यावधिक नक्सासहित निशान छाप परिवर्तनका लागि सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको हो । कांग्रेसले सोही अनुसार संसदमा मतदान गर्न आफ्ना सांसदलाई निर्देशन दिएको छ ।

सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटिएको अध्यावधिक नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसद सचिवालयमा प्रस्ताव दर्ता गरेको छ । कांग्रेसको निर्णयसँगै संशोधन प्रस्ताव पारित हुने निश्चित भएाको छ । संविधान संशोधनका लागि दुई तिहाई मत चाहिन्छ ।

संविधान संशोधनलाई लिएर अर्को प्रतिपक्षी दल जनता समाजवादी पार्टीमा भने विवाद छ । दुई पार्टी एकीकरण भएर जनता समाजवादी बनाइए पनि संसदमा भने दुइ पार्टीकै रुपमा क्रियाशिल छन् । यी मध्ये राजपाले सरकारको प्रस्तावमा मतदान गर्नुअघि आफ्ना माग सम्वोधन हुनुपर्ने शर्त राखेको छ ।

राजपाले सोहि अनुसार संसदमा गैर सरकारी विधेयक समेत लैजान प्रयास गरिरहेको छ । समाजवादी पार्टी भने यसबारे कुनै छलफल नभएको भन्दै पन्छिएको छ । यहि विषयलाई लिएर यी दुइ पार्टीको एकता नै संकटमा परेको छ ।

राजपाले आफ्ना माग समेटेर हिजो विधेयक दर्ता गर्न खोजे पनि संसद सचिवालयले अश्विकार गरेको थियो । भोली दर्ता गराउन पुन प्रयास गर्ने राजपाको तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्