राजनीति
सर्वोच्चको फैसला संसदीय समितिले अध्ययन गर्ने
२०७६ भदौ २० गते ९:२४

काठमाडौं । एनसेल लाभकरका विषयमा सर्वोच्च अदालतको फैसला संसदीय समितिले अध्ययन गर्ने भएको छ ।
संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समितिको आज बसेको बैठकले सर्वोच्चको फैसला अध्ययन गर्ने निर्णय गरेको हो ।
एनसेल लाभकरलाई लिएर पछिल्ला दुई वर्षमा सर्वोच्चले पटकपटक गरेका आदेश, परामादेश, फैसला समितिले अध्ययन गर्नेछ। २०७४ पुस ३ देखि २०७६ भदौ ९ गतेसम्मका आदेश र फैसला अध्ययन गर्ने भएको हो। तर अध्ययन अघि समितिले विज्ञहरुसँग छलफल गर्नेछ।
भदौ ९ गते सर्वोच्चले एनसेलले थाहा पाएको मितिदेखि मात्रै जरिवाना तिर्न भनेको थियो। जुन फैसलाको संघीय संसदमा समेत विरोध भइरहेको छ।नागरिकस्तरबाट पनि फैसलाका बारेमा प्रश्न उठाइएको छ । सर्वोच्चले एनसेलका विषयमा फरक फरक आदेश र फैसला गरेको छ ।
प्रतिक्रिया