राजनीति

प्रधानमन्त्री र मन्त्रीबीच दोस्रोपटक भिडियो कन्फरेन्समार्फत छलफल

हिमालय टिभी
२०७६ भदौ १७ गते ९:३५
प्रधानमन्त्री र मन्त्रीबीच दोस्रोपटक भिडियो कन्फरेन्समार्फत छलफल

काठमाडौं । सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज पनि मन्त्रीहरुसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गर्नुभएको छ ।

सबै मन्त्रालयमा भएका काम कारबाहीका बारेमा जानकारी लिने र निर्देशन दिने उद्देश्यले प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्स गर्नुभएको हो ।

भिडियो कन्फ्रेन्समा प्रधानमन्त्री ओलीले सबै मन्त्रीहरुसँग काम कारबाहीका बारेमा जानकारी लिएर सम्बन्धित मन्त्रीलाई निर्देशन दिनुभएको छ । आफ्नो स्वास्थमा सुधार आएको पनि मन्त्रीहरुलाई उहाँले जानकारी दिनुभएको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आएपछि आगामी शुक्रबार स्वदेश फर्किँदै हुनुहुन्छ । प्रधानमन्त्री ओलीको प्लाज्मा फेरिसिस बुधबार सकिनेछ र बिहीबारसम्म स्वास्थ्य जाँचको रिपोर्ट पनि आइसक्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्