राजनीति

भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक प्रविधिको दुरुपयोग : कांग्रेस

हिमालय टिभी
२०७६ भदौ १० गते १२:०४
भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक प्रविधिको दुरुपयोग : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद् बैठक गरिएकोमा आपत्ति जनाएको छ ।

मन्त्रिपरिषद्‌को बैठक विदेशबाट बसाउने परिपाटीले गलत नजिरको विकास हुने भन्दै प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटर मार्फत आपत्ति जनाउनुभएको हो ।

कार्यपालिकाको बैठक विदेशबाट चलाइएको नजिरलाई आधार मानेर भोलि सभामुखले संसद् र प्रधानन्यायाधीशले अदालत विदेशबाटै चलाए पाच्य हुन्छ भनेर शर्माले प्रश्न गर्नुभएको छ ।

कांग्रेस प्रवक्ता शर्माले विदेशबाट मन्त्रिपरिषद बैठक बसाल्नु गलत भएको टिप्पणी गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्