राजनीति

समाजवादी र राजपा एकताका लागि छलफल तिब्र

हिमालय टिभी
२०७६ भदौ ८ गते ७:१०
समाजवादी र राजपा एकताका लागि छलफल तिब्र

काठमाडौं । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी राजपाले पार्टी एकताको छलफललाई तिव्रता दिएका छन् ।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको निवासमा भएको पछिल्लो पटकको वार्ता सकारात्मक रहेको राजपा अध्यक्ष मण्डलका सदस्य शरदसिंह भण्डारीले बताउनुभयो ।

राजपाले एकीकरणका केही आधारसमेत अनौपचारिक बैठकमा राख्दै आएको छ । त्यसप्रति समाजवादीले औपचारिक धारणा बनाइसकेको छैन ।

समाजवादीको भदौ ११ गते बस्ने पदाधिकारी बैठकले एकीकरणका मोडलबारे छलफल गर्ने जनाएको छ । समाजवादीका महासचिव गंगा श्रेष्ठका अनुसार पदाधिकारी बैठकपछि एकतालाई निष्कर्षमा पुर्‍याउने गरी छलफल अघि बढाइनेछ ।

समाजवादीले सहअध्यक्ष राजेन्द्र श्रेष्ठ र राजपाले अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोको नेतृत्वमा वार्ता समिति बनाएका छन् । तर समितिले औपचारिक वार्ता गर्न सकेको छैन । राजपाले मर्यादाक्रमको एक नम्बरमा महन्थ ठाकुरलाई राख्नुपर्ने प्रस्ताव अगरेको छ ।

तर एकीकरण प्रक्रियालाई लिएर संयोजक राजकिशोर यादव र पूर्वसंयोजक अनिल झाले राजपालाई समाजवादीमा विलय गराउन खोजिएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् । गत शुक्रबार भएको वार्तामा यी दुई नेतालाई बोलाइएको थिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्